पोखरामा अवैध रुपमा चिरुवा काठ बोकेको ट्रक प्रहरीको नियन्त्रणमा
पाेखरा | जेठ २७, २०८१
पोखरा: पोखरामा अवैध रुपमा चिरुवा काठ (फल्याक) बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले शनिबार अवैध रुपमा चिरुवा काठ बोकेर याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ट्रक नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिका–१ चौबारीस्थित पोखरा–बागलुङ सडक खण्डमा याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ग १ ख ६११५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकमा लोड गरि ल्याइएको चिरुवा काठ (फल्याक)को प्रयोजन खुल्ने कागजात नभएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचनाअधिकारी एवम् प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताए ।
अवैध काठसहित नियन्त्रणमा लिएको ट्रक थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाएको उनले बताए ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

